नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्मको भर्ती खुल्यो (सूचनासहित)
काठमाडौं । सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ती खुलेको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई) देखि विभिन्न पदहरूमा नयाँ भर्ती खुलेकाे हाे ।
शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो।
भर्ती हुनका लागि लागि पुस २० गतेदेखि माघ २१ गतेसम्म दरखास्त फारम बुझाउन सकिने छ । दोब्बर दस्तुर तिरेर माघ २२ गतेदेखि २८ गतेसम्म फारम बुझाउन सकिने छ ।
हेर्नुहोस् विज्ञापन–