प्रसिद्ध कणेल युवा स्रष्टा सम्मान २०८० देवुलाई

काठमाडाैं । नेपाल स्रष्टा समाजले यस वर्षको ‘प्रसिद्ध कणेल युवा स्रष्टा सम्मान’ युवाकवि देवु लुइँटेललाई प्रदान गर्ने भएको छ ।

समाजका उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’ र सीता भण्डारी कणेलले आफ्ना छोराको नाममा स्थापना गर्नुभएको उक्त सम्मानको नगद राशि रु ११,१११ रहेकोे छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सम्मान आगामी पुस १४ गते नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको सन्दर्भ पारेर प्रदान गरिने छ ।

२०७५ सालदेखि नियमितरूपमा प्रदान गर्दै आइएको यस सम्मानबाट हालसम्म युवा स्रष्टाहरू डा. रमेश शुभेच्छु, महेश पौड्याल, अनुपम रोशी, मिलन समीर र नवराज पराजुली सम्मानित भइसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *