काठमाडौँ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो…
![](https://fairnepal.com/wp-content/uploads/2023/05/balkrishn_khan_arrest_1683714810.jpg)
बालकृष्ण खाणलाई ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश
काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासले आज खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “बालकृष्ण खाणबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०४७ को दफा ६८ र ७२ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट २०८०÷८÷१ मा थुनामा राखी पुर्पक्ष गर्ने गरी भएको आदेशलाई बेरितको देखिँदा बदर गरी रु तीस लाख धरौटी, जमानत वा बैंक जमानत दिई÷लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी मिति २०८०÷०८÷१५ मा भएको रायमा सहमतिको राय कायम गरिदिएको छ ।”
न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते उक्त विवादमा राय बाझी आदेश भएको थियो । आदेशमा खाणको हकमा तेस्रो न्यायाधीशसमक्ष पेस गर्न भनिएको थियो । सोहीअनुसार आज सुनुवाइ भएर अदालतबाट सो निर्णय भएको हो ।
अदालतले उक्त विवादमा नौ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने छ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।