What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

टिकटक प्रतिबन्ध विरुद्धको मुद्दा फेरि ‘हेर्न नभ्याइने’ मा
काठमाडाैं । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध परेको मुद्दामाथि आज पनि सुनुवाइ हुन सकेन।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको थियो। यसअघिको इजलासबाट सुनुवाइका लागि तोकिएको मुद्दा आज ‘हेर्न नभ्याइने’ मा परेको हो।
यो मुद्दा ३०औं नम्बरमा थियो। त्यसअघिका मुद्दा हेर्नै समय लाग्ने भएपछि टिकटक प्रतिबन्ध विरुद्धको मुद्दामा सुनुवाइ नहुने भएको हो।
यसअघि मंसीर १९ गते पेशी तोकिएको थियो। त्यति वेला पनि ‘हेर्न नभ्याइने’ मै परेको थियो।
सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि अधिवक्ताद्वय अनन्तराम लुइँटेल र फर्सुराम पाण्डे तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंसीर १ गते सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमाथि मंसीर ५ गते सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो।
त्यससँगै अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने तय गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको थियो। तर त्यसयता दुई पटक पेशी तोकिए पनि सुनुवाइ हुन सकेको छैन।