हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
मन्त्रिपरिषद् हेरफेर तत्काल केही हुनेवाला छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् तत्काल परिर्वतन नहुने स्पष्ट पारेका छन् ।
यूएईमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर फर्केपश्चात त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा उनले तत्काल मन्त्रिपरिषद्मा कुनै हेरफेरको सम्भावना नरहेको प्रष्ट पारेका हुन् ।
नेपाल फर्किनेबित्तिकै तपाईंले मन्त्रीमण्डलमा व्यापक हेरफेर गर्ने चर्चा चलिरहेको छ नि ? पत्रकारको प्रश्नमा उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’
त्यस्तै उनले गृहमन्त्री हट्ने कुरापनि खारेज गरे । ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, गृहमन्त्री हट्छ रे भन्ने हल्ला पनि भयो। अहिले कुनै त्यस्तो गठबन्धनभित्र छलफल भएको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले केही सोचेको छैन। म आफैँ प्रधानमन्त्री छु, अहिले मेरो नै दिमागमा नै आएको छैन।’
प्रचण्ड प्रधानमन्त्री बनेको १० पुसमा एक वर्ष पूरा हुँदै छ।