समाचार संकलन गर्न जाँदा फेयर नेपालकर्मी तिमल्सिना पक्राउ

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ महाअभियानले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनको समाचार संकलन गर्न गएका फेयर नेपालकर्मी सविन तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाचार संकलनका क्रममा तीनकुनेबाट नियन्त्रणमा लिइएका तिमल्सिनालाई करिब ३ सय जना प्रदर्शनकारीहरुलाई थुनिएको रामशाहपथस्थित काठमाडौं जिल्ला प्रहरी परिसरको निर्माणाधिन भवनभित्र ४ घण्टा राखिएको थियो ।

तिमल्सिनाले सूचना तथा प्रसारण विभागबाट जारी प्रेस प्रतिनिधि पास देखाउँदा देखाउँदै पनि धरपकड गर्दै नियन्त्रणमा लिएको र ४ घण्टापछि प्रदर्शनकारी सरह कागज गराई छोडेको फेयर नेपाल डटकमका सम्पादक युव बहादुर गाहा मगरले जारी गरेको विज्ञिप्तिमा उल्लेख छ । अभिभावकीय भूमिकामा रहेको राज्यले प्रेस र पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति विज्ञप्तिमा खेद प्रकट गरिएको छ ।

सूचना विभाग र संसद सचिवालयले जारी गरेको प्रेस पास लिई समाचार संकलनका लागि प्रदर्शनस्थल पुगेका बेला आफुलाई प्रहरीले भ्यानमा हालेर निर्माणाधिन भवनभित्र राखेको नियन्त्रणमुक्त भएपछि तिमल्सिनाले बताए ।

घटनाबारे प्रेससँग सम्बन्धित सरकारी नियकाय एवं संघ संगठनहरुलाई जानकारी दिइएको सम्पादक गाहा मगरले जानकारी दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *