बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

भूकम्पकाे धक्का
काठमाडाैं । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १ बजेर १९ मिनेटको समयमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको हो ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले काठमाडौँ, मकवानपुर र धादिङ गरी तीनवटै जिल्लाको सिमानामा पर्ने चित्लाङमा परकम्प गएको जानकारी दिनुभयो । परकम्प काठमाडौँ नजिक भएकाले आसपास जिल्लामा ठूलो धक्का महसुस गरिएको उहाँले उल्लेख गर्नुभयो ।
काठमाडौँसहित धादिङ, मकवानपुरमा परकम्पको ठूलो धक्का महसुस गरिएको थियो । यसअघि मङ्सिर ४ गते बझाङको धमेना केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको परकम्प गएको थियो ।