हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
‘सरकारको प्रतिपक्षी भनेकै गरिबी हो’ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताउनुभएको छ । कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उहाँले स्थानीय तथा प्रदेश तहको विकासमा मुख्य बाधक गरिबी नै भएकाले र यसविरुद्ध जुध्नु हामी सबैको साझा दायित्व भएको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले भन्नुभयो, “गरिबी बिरुद्ध लाग्न हरेक नागरिक आत्मनिर्भर बन्ने लक्ष्यका साथ जुट्न जरुरी छ ।” श्रम र मेहनत बिना कुनै पनि समाज, क्षेत्र र देशको विकास नहुने भन्दै उहाँले मुलुकको विकास नहुनुमा विकासका योजना कार्यान्वयन हुन नसक्नुनै सबैभन्दा ठूलो चुनौती रहेको चर्चा गर्नुभयोे ।
उक्त प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासका निम्ति सरकार कटिबद्ध भएर लागेको जानकारी दिँदै विकासका सम्भावनाको खानीमा बसेर गरिबीको बिल्ला भिर्नुपर्ने विवशताबाट मुक्ति पाउन कर्णालीवासीले थुपै चुनौतीका पहाड फोड्नुपर्ने र हरेक तहले विकासको महाअभियानमा एकसाथ लाग्नुपर्नेमा जोड दिनुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले संरचनाबिनै सरकार सञ्चालन गर्नुपर्दा अधिकतम् समस्या सामना गर्नुपरेको बताउनुभयो ।
अन्तक्र्रियामा कालीकोट जिल्लाका नौवटै स्थानीय सरकारका प्रमुखले सिंहदरबारको अधिकार अहिलेसम्म गाउँमा नआएको र जनशक्ति अभावमा काम गर्नुपरेको गुनासो गरेका थिए ।