बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेकपा सचिवालय बैठक आइतबार
काठमाडौँ । पार्टी एकता प्रक्रिया र सरकार सञ्चालनका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यही असोज २१ गते आइतबार अपराह्न सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको छलफलपछि सचिवालयको बैठक बोलाइएको हो ।
संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा सहभागी भएर बिहीबार फर्कनु भएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।
केही दिनपहिले बसेको नेकपाको सचिवालय बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकेको थियो । नेकपाले प्रदेश र जिल्ला तहको पार्टी एकतालाई निष्कर्षमा पु¥याउने गरी आवश्यक तयारी शुरु गरेको छ ।
नेकपाको केन्द्र र प्रदेशका एकता प्रक्रिया अगाडि बढे पनि प्रदेश, जिल्ला तह तथा जनवर्गीय सङ्गठनको एकता भने निष्कर्षमा पुग्न सकेको छैन । सचिवालय बैठकले उक्त विषयमा समेत आवश्यक निर्णय गर्ने विश्वास लिइएको छ ।