बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

‘को बन्छ करोडपति’ कार्यक्रम प्रसारण हुने
काठमाडौँ । भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएकोे सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिए ।
नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याए । एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन् । भारतमा कौन बनेगा करोडपति कार्यक्रम महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन् । नेपाली संस्करणको सञ्चालन भने नायक राजेश हमालले गर्नेछन् । कार्यक्रमको छ भागका लागि दर्ता प्रक्रिया पूूरा भएर छनोट चरणमा पुगेको जनाइएको छ ।