What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती
What To Know
- .
संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको छ।
बिहीबार पशुपतिस्थित आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिएको हो। उनको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झन्डा ओढाएका थिए। त्यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएका थिए।

उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल, पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए।

अन्तिम बिदाइ गर्नुअघि नेपाली सेना र नेपाल प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो। सरकारले नेम्वाङको राजकीय सम्मान सहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।
भदौ २६ गते हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो। उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।






