कुरा सामान्य, प्रश्न गम्भीर !

हरि पूर्व निरौला, ईलाम
सामान्य रूपमा हामी साधारण जनता कति ठगिन्छौ यो कुरा सायदै कसैले महसुस गरेको छैन होला। किन कि सबै आफ्नो दुई छाकको हात मुख जोर्न हर पल लागिरहेका हुन्छौं। यसै पनि हाम्रो अर्थात् नेपालीको भावना नै सहयोगी छ किन कि कोही भोका नाङ्गा अनि अपाङ्ग देख्नै नहुने आफूसँग नभए नि दिउँ दिउँ लाग्ने त्यसैले त होला सधै एक अर्कालाई सहयोग गरी रहेका छौं र पुगिरहेको पनि छ।

यस्तै प्रसङ्गमा एउटा छुटै किसिमको माग्ने स्टाइल सहरमा हावी हुन लाग्या छ। सरकारी लेटर प्याडमा वार्ड अध्यक्षको सही छापसहित अनि कति त प्रशासन प्रमुखको सही र अपील निवेदनसहित स्कुटी र बाइकमा ठूलो स्पिकर बनाएर फलानो ठाउँ को फलानो मान्छेलाई यस्तो रोगले उपचार गर्ने खर्च न भएको ले सहयोगको लागि आएका भन्दै आउँछन् अनि त्यसको आधिकारिक रूपमा कहाबाट कसले चलाएको संस्था हो यो के हो केही थाहा हुँदैन । एउटै गल्लीबाट कमसे कम १००० रूपयाँ उठाउँछन् फेरि एक हप्तापछि अर्को टोली आउँछ त्यै तालमा उठाउँछन्। अनि, हुँदा हुँदा अब त देख्दा हाम्रो तराई मूल तिरका जस्ता देखिने महिला अनि साना साना नानीहरु पनि त्यस्तै कागज बोकेर सहरका गल्ली कुनामा माग्दै हिडिरहेको देखिन्छ अनि सोध्यो भने हाम्रो भाषा नै बुझ्दैनन् ।

प्रशासन कहाँ छ कसले हेर्ने हो र सब कुरा कहा को-को गिरोहले यस्तो काम गरी रहेको छ पता लगाएर कारबाहीकाे  दायरामा ल्याउनु पर्छ कि पर्दैन ? सामान्य जनताले एउटा सानो व्यापार गरेर नेता कार्यकर्तादेखि लिएर उनका सब परिवार त पालेकै छन् अझै कति दुःख दिन्छौ? पुलिस स्टेशन अगाडिबाट स्कुटीमा यत्रो स्पिकर बजाएर मागिरहेको हुन्छ पुलिस चुप् चाप मुक दर्शक बनेर हेरी रहेको हुन्छ। यसो सोधपुछ गरेपनि केही हदसम्म कम हुने थियो होला कि ?

दुनियाँ ठूलो छ तर कुनै पनि देशमा यस्तो सरकारी लेटर प्याडको दुरुपोयेग भएको पाहिएको छैन तर, यस्तो बेथिति किन ? कसले गर्दछ यसको निराकरण ? जासुसहरु धेरै छन् नेपालमा तर यस्तो राष्ट्रको गम्भीर प्रश्न उठ्ने कुराको कसैले कतै कुनै ठाउँमा कुरा नी गर्दैनन् किन होला? चोर डाँका पक्रिनको लागि जासुस सीसीटीभी क्यामेरा ठाउँ ठाउँमा लगाएका छन् तर यस्ता जता त्यतै घुम्दै ठग्ने चोर चाहिं कोहीले कुन जासुस कुन सीसीटीभी पुलिस प्रशासनको फन्दामा किन आउँदैन कुरा गम्भीर छ।

सरकारले चाहनु हो भने यस्तो ठगीको धन्दा मिनेट मा बन्द गर्न सक्छ तर किन आम जनतासँग जोडिएको यो मुद्धामा सरकार मौन बस्छ की जानकारी न भएर होकी अर्थोकै केही कारण छन् त्यो भन्न मुस्किल्छ। आफ्ना जनता खुसी हुनु भनेको सरकारको सफल राजनीतिक अभ्यास हो त्यसैले सफल अभ्यासमा जोड दिएर कानूनी राज्यको प्रत्याभूति दिलाउन सरकार चुक्नु हुँदैन कदापी हुँदैन।

यस्ता साना कुरामा सरकारले नीति नियममा रहेर कडा रूपमा उत्रिएर अगाडि मात्र बढोस् न जनता आफै जगुरुक भएर सहयोग गर्ने छन् । गाउँमा होस् या सहरमा सबै तिर बेथिति नै बेथिति छ । गाउँतिर गयो जमानामा गएको भुकम्प बाढी पहिरोको कागज बनाएर घरबार छैन भन्दै माग्दै हिँडेको पाइन्छ। सहरमा आयो कोही के कोही के कागज त छँदै छ। अनि कसरी हुन्छ हौ देशको विकास ? सबै यस्तो बेथितिको जड नै प्रशासन र सरकार हो किन कि कुनै नीति नै छैन भए पनि कार्यान्वयन हुँदैन अनि जनताले कैलेसम्म सहने ? सम्बन्धित निकायको ध्यान जाओस् यस्ता साना र झट्ट हेर्दा सुन्दा सामान्य लाग्ने तर गम्भीर कुरामा, पनि। सबैले आशा गराैं सुशासन चाँडै नेपालीको घर दैलोमा महसुस हुने छ। ००००

लेखकका अरू सामाग्री पढ्न यहाँ क्लिक गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *