राम्चे खानेपानी योजना अन्तर्गत बनेका नयाँ धाराहरु हस्तान्तरण

दमौली । ब्यास नगरपालिका १०, दुम्सीचौरमा भएको राम्चे खानेपानी योजनामा निर्माण हुन बाँकी रहेका ६१ घरधुरीको लागि नवनिर्मित धारा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । ब्यास नगरपालिकाका नगर प्रमुख श्री बैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहेको उक्त हस्तान्तरण कार्यक्रममा स्थानीयले विगत लामो समयदेखि सार्वजनिक धाराको कारणले पाउनु परेको समस्या समाधान भएको बताएका थिए ।

नगर प्रमुख न्यौपानेले ब्यास नगरपालिकाले गरेको कार्यक्रममा स्थानीयको पनि अपनत्व भएमा मात्र योजना दिर्घकालिन रूपमा अघि बढ्नुका साथै योजनालाई निश्चित समय सीमा भित्र सम्पन्न गर्नको लागि स्थानीय जागरूक हुनु पर्ने बताएका थिए । दुम्सीचौर र स्थानीय स्तरमा हुने विकास निर्माणमा संघ र प्रदेशले विनियोजन गरेको बजेट तथा प्रतिज्ञा गरेको बजेट समयमै नआएको कारणले योजनाका कार्यन्वयनमा समस्या आएको बताउए थिए । उक्त स्थानमा पर्याप्त पानीको मुहानको अभाब भएको हुदा राम्चेली जनतासंग मिलि पानीको योजना ल्याउनु परेको राम्चे खानेपानी योजनाका संस्थापक श्री खड्कबहादुर अधिकारीले बताएका थिए ।

उक्त कार्यक्रम समाजसेवी सुश्री खिरमति मगरले निर्वाचनको बेलामा स्थानीय समक्ष गरेको प्रतिज्ञा अनुसार कार्य हुनु पर्ने कुराको सम्झना मेयर न्यौपानेलाई गराएकी थिइन् ।

सोही कार्यक्रममा ब्यास नगरपालिका, वडा नम्बर १०, वडा सदस्य श्री ईश्वर पौडेलले ६१ वटा धारा निर्माण गरी एक घर एक धाराको योजनालाई साकार पारेकोमा रिकभर परियोजनालाई धन्यबाद ज्ञापन गरेको थिए । उक्त योजना सप्रोस नेपाल, लुमन्ति र सी.आर.एस. को साझेदारीमा सञ्चालित रिकभर परियोजनले निर्माण सम्पन्न गरेको थियो । स्थानीयको ७,२३,८८३ रूपैयाको जनश्रमदान र रिकभर परियोजनाको १४,८३,२७४ रूपैया लागतमा यो कार्य सम्पन्न भएको थियो । उक्त कार्यक्रम गँगाबहादुर पोख्रेलको अध्यक्षता र सचिब दिलबहादुर मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *