हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
काठमाडौं उपत्यकासहित बागमतीमा गाडी भाडा वृद्धि
काठमाडाैं । संघीय राजधानी काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सवारी साधनको भाडा वृद्धि भएको छ।
पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको भन्दै बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको हो। मन्त्रालयले सूचना जारी गर्दै बागमती प्रदेशअन्र्तगत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरिएको जनाएको छ।
काडमाडौं उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीको भाडादर ८.३ प्रतिशतले वृद्धि भएको छ। अब काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्म यात्रा गर्दा १९ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि १८ रुपैयाँ थियो।
त्यस्तै, काडमाडौं उपत्यकामा १० किमीसम्म २६ रुपैयाँ, १५ किमीसम्म ३१ रुपैयाँ, २० किमीसम्म ३५ रुपैयाँ र २० किमीभन्दा माथिका ४० रुपैयाँ भाडादर कायम गरिएको छ।
काठमाडौं उपत्यकाबाहिर चल्ने यात्रुबाहक सवारी साधनको भाडादर ५.३१ प्रतिशतले वृद्धि भएको छ। यसैगरी पेट्रोलियम पर्दाथबाट चल्ने ट्याक्सीको भाडादर ३.४४ प्रतिशत र मालवाहक सवारी साधको भाडादर प्रतिकिमी प्रतिटन ७.७७ प्रतिशतले वृद्धि भएको छ।
पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सवारी साधनको भाडादरमा पनि वृद्धि गर्नुपरेको मन्त्रालयको भनाइ छ। केही दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो।