एउटै कसूरमा सांसदलाई छोड्न र अरूलाई थुन्न आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले एउटै कसूरमा पक्राउ परेका सांसदलाई छोड्न र अन्य चिकित्सकलाई हिरासतमा राख्न फरक फरक आदेश दिएको छ।

नक्कली शैक्षिक प्रमाणपत्र कसूरमा पक्राउ परेका सात जना चिकित्सकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालतमा उपस्थित गराएको थियो। उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले अनुमति मागेको थियो।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकारणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीश दण्डपाणी शर्माको आजको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शर्मालाई आज सरकारी वकिलको कार्यालयमार्फत अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो । सांसद शर्मालाई सीआइबीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो ।

सोही प्रकरणमा पक्राउ परेका अन्य दुई जनालाई सात दिन र बाँकी तीन जनालाई पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । यो प्रकरणमा अहिलेसम्म आठ जना पक्राउ परेका छन्।

शर्मा प्रतिनिधिसभा सदस्य भएकाले थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ । सीआईबीले पक्राउ परेकाविरुद्ध लिखत कीर्ते कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *