म्याग्दीको पानी बेनी बजार उक्लियो

बेनी । म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ ।

खडेरी, मुहान सुक्दा, पाईप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपुर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाइएको हो ।

म्याग्दी नदीबाट लिफ्टिङ हुन थालेपछि बेनीमा खानेपानी वितरणका लागि लोडसेडिङ गर्नुपर्ने समस्या हटेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रम अन्तरगत वि.स. २०७८ असोजमा काठमाडौको एएम प्याराडाइजसँग रु. दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

म्याग्दी नदी किनारमा १० मिटर अग्लो इनार बनाउने, पानी तान्ने सम्पवयल, विद्युत, पाइपलाइन जडान गर्ने काम सकेर पानी ‘पम्पिङ’ गर्न थालेको हो । वाइट नविन सुवेदी, इञ्जिनियर संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी

बेनी खानेपानी उपभोक्ता संस्थाको पुरानो टंकीमा म्याग्दी नदीबाट तानेको पानी हालेर वितरण गर्न थालेको जनाएको छ । बेनी–नगरपालिका २ हाडेभिरमा जमिनको सतहदेखि ७ मिटर गहिरो इनारभित्र ३ वटा विद्युतको सहायताले चल्ने पानी तान्ने समसिवल पम्प राखिएको छ ।

इनारदेखि १३० मिटर सिधाई उचाईमा बेनी बजारको शिरमा रहेको बराहपाखो स्थित रिजर्भ टंकीसम्म पानी पु¥याउन करिब नौ सय मिटर चार ईञ्चको जिआइप पाइप जडान गरिएको छ ।

आयोजना मार्फत बराहपाखोमा तीन लाख ४० हजार लिटर क्षमताको रिजर्भ टंकी निर्माण भइसकेको छ । ५.९४ घनलिटर क्षमताको दुई वटा पानी शुद्धिगर्ने गर्ने फिल्टर पलान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँ प्रबिधिको सेडिमेशन र सो साण्डफिल्टर ट्याङकी बनाउन लागिएको हो ।

संस्थाको हाल एक लाख लिटर क्षमताको एक वटा र दुई लाख लिटर क्षमताको दुई वटा रिजर्भ टंकी छन् । मुहानबाट टंकीमा संकलन हुने पानी शुद्धिकरण गरेर वितरण गर्ने संरचना तयार पार्न लागिएको हो ।

बेनी नगरपालिकाको ७, ८ र २ नम्बर वडाका एक हजार एक सय घरधुरीलाई रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रति सेकेण्ड ३३ लिटरका दरले पानी आपुर्ति हुने क्षमता छ । दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी बितरण गरिदै आएको छ ।। २७ किलोमिटर दुरीको रिठाखर्क र पुम्दीको मुहानबाट आपुर्ति हुने पानी पहिरो र निर्माणाधिन बेनी–जोमसोम सडकका कारण प्रभावित भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *