यी हुन् समयमै निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने ‘अटेरी उम्मेदवारहरू’

काठमाडाैं । निर्वाचन आयोगले बहालवाला तीन मन्त्री, सांसदहरू, पूर्व सभामुख, पूर्व मन्त्रीहरू सहितका उम्मेदवारलाई जनही १५ हजार जरिवाना गर्ने निर्णय गरेको छ।

तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने एक हजार ३७ जना र प्रदेशसभातर्फका एक हजार तीन सय ९८ जनासमेत जम्मा दुई हजार चार सय ३५ जना उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम रु १५ हजारका दरले जरिवाना गर्ने निर्णय गरिएको अयोगले जनाएको छ ।

यसरी आयोगको कारवाहीमा पर्नेहरुमा नीति नियम र पारदर्शिताका चर्का भाषण गर्ने नेताहरु नै बढी छन् । घाँटीका नशा फुल्याउँदै अरुलाई सिस्टम सिकाउनेहरुले नै कानूनको धज्जी उडाएका छन् ।

आयोगले आज विज्ञप्ति जारी गरी जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने तथा निर्वाचन खर्चको विवरण सात दिनभित्र पेश गर्न पुनः आदेश दिने पनि निर्णय जनाएको हो ।

साथै, जरिवानाबापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारलाई तत्काल हुने एक निर्वाचनमा भाग दिन नपाउने गरी रोक लगाउने र जरिवानाबापतको रकम सरकारी बाँकी सरह असुलउपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

खर्च विवरण नबुझाउनेमा परराष्ट्र मन्त्री नारायणप्रसाद (एनपी) साउद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, खानेपानी मन्त्री महीन्द्रराय यादव, पूर्व सभामुख ओनसरी घर्ती, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही लगायत छन्।

आयोगले नेपाली कांग्रेसका नेताहरू गगन थापा, रमेश लेखक, विजय गच्छदार, महालक्ष्मी डिना उपाध्याय, शंकर भण्डारी, पदमनारायण चौधरी लगायतलाई १५ हजार जरिवाना गर्ने निर्णय भएको आयोगले जनाएको छ।

त्यस्तै, नेकपा (एमाले)का शेरधन राई, राजन भट्टराई, एकबहादुर राना मगर, उमाशंकर अरगरिया लगायतलाई जरिवाना तोकिएको छ। नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेल, ओनसरी घर्ती, पम्फा भुसाल, अञ्जना विशंखे लगायत छन्।

कुन दलका को को? 
निर्वाचन आयोगले १५ हजार जरिवाना तोकेकाहरू: 
कांग्रेस: 
विजय गच्छदार, अजयकुमार चौरासिया, उमाकान्त चौधरी, पदमनारायण चौधरी, गगनकुमार थापा, महालक्ष्मी उपाध्याय, गोविन्दराज जोशी, शंकर भण्डारी, योगेश गौचन थकाली, देवेन्द्रराज कँडेल, रमेश लेखक, नारायणप्रसाद साउद
एमाले: 
शेरधन राई, उमाशंकर अरगरिया, राजन भट्टराई, सर्वेन्द्र खनाल, एकबहादुर राना मगर
माओवादी केन्द्र: 
गिरिराजमणी पोखरेल, ओनसरी घर्ती, कल्पना धमला, अञ्जना विशंखे, पम्फा भुसाल
रास्वपा:
सोविता गौतम, शिशिर खनाल, रमेश खरेल, विराजभक्त श्रेष्ठ, पुकार बम
राप्रपा:
रेखा थापा, रविन्द्र मिश्र, ज्ञानेन्द्र (ज्ञानबहादुर) शाही, ध्रवबहादुर प्रधान
जसपा: 
उपेन्द्र यादव, प्रदीप यादव
लोसपा:
महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल
अन्य:
प्रभु साह, महिन्द्र राय यादव, रञ्जु दर्शना, सुमन सायमी, मिलन पाण्डे, रुक्मिणी चौधरी थारु, ह्रदयेश त्रिपाठी, स्वागत (भक्तप्रसाद) नेपाल, खुश्वु ओली, मनोज मेयाङ्बो

Leave a Reply

Your email address will not be published. Required fields are marked *