गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

किसानको खेतमै पुगेर मनायो रिब्दीकोटले धान दिवस (फाेटाे फिचर)
सुनिल कार्की
पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिकाले आज असार पन्ध्र अर्थात धान दिवस मनाएको छ । गाउँपालिकाको वडा नं २ लघुवा फाँटमा किसानको माझ पुगेर पालिकाले २० औं धान दिवस मनाएको हो । पालिकाका जनप्रतिनिधि,कर्मचारी र किसानले संयुक्त रुपमा धान रोपेर दिवस मनाएका हुन ।
धान दिवस मनाउ रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी,वडाअध्यक्षहरु वडा नं २ देउरालीका ओमप्रकाश पोखरेल,वडा नं ७ पालुङ्गमैनादीका दान बहादुर कुवाँर, कृषि शाखाका प्राविधिक रञ्जीब कुवाँर लगायतको सहभागिता रहेको थियो ।
दिवस मनाउन वडा नं २ देउरालीको लघुवाफाँट पुगेको गाउँपालिकाको टोलीले खेत जोत्ने,आलि लगाउने, बिउँ काड्ने र रोप्ने कार्य समेत गरेर किसानलाई सघाएका थिए ।