सन्दर्भ : २० औं धान दिवस

हरि पूर्व निरौला, इलाम
नेपालमा २०६१ आषाढ १५ बाट धान दिवसको थालनी भएको हो। नेपालले २० औं धान दिवस मनाइरहेको छ। धान विश्वको एउटा प्रमुख खाद्यान्न बाली हो। वैज्ञानिक नाम ओरिजा सेटिभा ले परिचित यो वनस्पति परा पूर्वकालदेखि नै पृथ्वीमा उब्जाएको भन्ने वैदिक साहित्य एवम् पुरातात्विक उत्खननमा प्रमाण पाइएको छ। त्यही प्रमाणको आधारमा धान एउटा सबैभन्दा पुरानो बाली हो भन्ने कुरा पनि प्रमाणित भएको छ। हजारौं वर्ष पहिलेबाट नी चीन र भारतमा यसको खेती गरिन्थ्यो। धान खेतीको करिब ९०% क्षेत्र एशियामा पर्दछ अनि विश्वको करिब ९०%धान एशियामा नै उत्पादन र खपत हुँदै आएको छ। पूरा दुनियामा करिब १५० मिलियन भन्दा धेरै इलाकामा धानको उब्जाउ गरिँदै आएको छ। छिमेकी मित्र राष्ट्र चीन र भारत दुवैले एकसाथ संसारको करिब आधा जति धान बाली योग्य इलाका ओगटेका छन्। यहाँ लगायत पुरै एशियामा करिब ६०% भन्दा धेरै मानिसहरू चामल खान्छन्। चामल एशियाको प्रमुख खाद्य पदार्थ हो।

धान दिवससगै यता असर १५पूरै किसान मा समर्पित छ । यो दिनमा किसानहरू बडो खुसीको साथ हिलो खेलेर रमाएर मनाउने गर्छन्। असार १५लाई दही चिउरा खाने दिन भनेर पनि चिनिने गरिन्छ। असारको सुन पनि पग्लिने तातो घाममा हिलो मा गोरु साउँदै सुस्केरा हाल्दै कुरलिदै धानको रोपाइँ गर्नुको मजा त शहरमा बस्ने लाई के थाहा होला र गाउँले परिवेश ढिँडो र गुन्द्रुक अनि त्यो बेसिको रमाइलो धान रोपाइँका पल । तर जो जहाँ भए पनि सायदै न होलान् नेपाली हिलो नटेकेका किन कि परापूर्वकालदेखि नै असर १५ मा राजपरिवारका सदस्यहरूले हिलो टेख्दै यो संस्कारको विकास गरेको पाइन्छ नेपालको ईतिहासमा ।

अब यसै पनि भन्ने गरिन्छ असार महिनामा सुन पग्लिने घाम लाग्छ अनि यस्तो तातो मौसममा काम गर्दा थाकेर हैरान भएको बेला चिसो दही अनि चिउराले पुरै शरीर चिसो पार्दै अझै स्फूर्तीका साथ काम गर्ने ऊर्जा प्राप्तिका लागि पनि दही चिउराको अझै महत्त्व छ असार १५ मा। त्यही धानलाई कुटेर बनाएको चिउरा खादै त्यसैको रोपाइँ गर्दा आनन्द त हुने भै गयो । किसानको मन नै खुसीले फुरुङ्ग हुन्छ।

विरलै देशहरुमा होलान् यस्ता संस्कार जुन नेपालमा बिकाश भएका छन्। जस्तै असार १५मा दही चिउरा श्रावण १५ मा खिर अनि अन्य विभिन्न समयमा कन्दमूलहरु खाने आफैंमा एक प्रकारको प्रकृती प्रेम झल्किने विभिन्न पुरातन परम्पराहरू छन् जसलाई नयाँ पिढी माझ साझा गर्दै यसको जगेर्ना गर्दै अगाडि बढाउनु हाम्रो कर्तव्य हुन आउँछ।
सबैले दही चिउरा खाएर असार १५अर्थात् १९औं धान दिवस हर्ष उल्लासका साथ मनाऔं । सबैमा शुभकामना

जय किसान जय मातृभूमी।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *