रेशम चौधरीसहित १९ जनालाई आममाफी

काठमाडाैं । गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १९ जनाले आममाफी पाएका छन्।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले १९ जनालाई आममाफी दिएका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले प्रेस विज्ञप्ति जारी गरी गणतन्त्र दिवसको अवसरमा माफी दिइएको जनाएकी छन्।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिश अनुसार टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ।’

आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरी सहितका कैदीलाई आममाफी दिन सिफारिश गरेको थियो। आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको टीकापुर घटनामा तीनै तहका अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *