बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानलाई
काठमाडाैं । ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जित्नुभएको छ । आज गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिनुभयो । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।
प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गर्नुभयो । मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।
प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पार्नुभएको छ भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जित्नुभयो । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।
मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ । यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउनुहुनेछ । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वल्र्डमा पठाइनेछ कम्पनीले जानकारी दिएको छ ।