सत्ता गठबन्धनको बैठकमा के-के छलफल भयो ?

काठमाडौं । सत्तागठबन्धन दलबीच आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन आधारपत्र तयार गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तागठबन्धनको बैठकमा बजेट र सिद्धान्तमा एकरुपता ल्याउन सरकारले आधारपत्र गर्ने र त्यसमाथि गठबन्धनदलबीच छलफल गरेर अन्तिम रुप दिने सहमति भएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले सरकारको सिद्धान्त र नीति तथा कार्यक्रममा एकरुपता ल्याउनका लागि सरकारले आधारपत्र तयार गर्ने र सरकारमा रहेका सबै दलहरूको धारणा समावेश गरेर परिमार्जन गर्ने बताए ।

उनले आर्थिक प्रतिकुलताको अवस्थामा जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर बजेट निर्माण गर्ने तयारी भएको जानकारी दिए । मल्लले गठबन्धन दलका नेताहरुले बाहिर जस्तो अभिव्यक्ति दिएपनि सरकारसँग भएको बहुमतमा कुनै तलमाथि हुने सम्भावना नरहेको जिकिर गरे ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा पनि छलफल भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *