नयाँ वर्ष २०८०को सबैमा शुभकामना

हरि पूर्व निरौला,इलाम
सत्तरीको दशकमा देशले धेरै नै दुःख बेहोर्नु पर्यो, अनेक संकटबाट गुज्रिनू पर्यो, यो त एउटा समयको चक्र थियो, जस्तो कि मानव जीवनमा पनि कैले खुसी कैले दुखी अनि कैले हासो कैले रोदन, यस्तै हुँदै कोभिड महामारी अझै पनि जीवितै छ । कति पय समस्या अझै छन् भने कतिपय समाधान भै सके कति समाधान हुने क्रममा छन्। सबैको जीवन हाँसेर या रोएर अथवा दुखी भएर या खुसी भएर चल्न त चलिरहेको नै छ। समय एउटा चक्र हो चल्नु त परी गयो यसको साथमा सबैले।

देशको राजनीति देखि लिएर आर्थिक,सामाजिक, शैक्षिक सबै क्षेत्रमा असर देखियो ७०को यो दशकमा अब आशा गरुँ ८०को दशकमा यस्तो भोग्नु नपरोस् सबै सिस्टम मै चलोस् समयको चक्रसँग हामी पनि सँगै हासी खुशी चल्न सकुँ यही कामना गरूम।

७०को दशकमा जस्तो बेरोजगारी,आर्थिक मन्दीको सामना गर्नु नपरोस् आशा गरुँ आउँदा दिनहरुमा हाम्रा दाजु भाई दिदी बैनीले उच्च शिक्षा पढ्न भनेर विदेशिनु नपरोस् यही रहेका विश्वविद्यालयमार्फत अन्तराष्ट्रिय स्तरको शिक्षा लिन पाउने वातावरण निर्माण होस्। हाम्रो देश को पूँजी बाहिरिनबाट रोक्न सकियोस् सबै शिक्षित भएर देशमै केही गर्ने वातावरण निर्माण होस, खाडीको ५०डिग्रीको तापमा हाम्रा प्यारा दाजु भाइले खुनको पसिना बगाउनु नपरोस् ।

कलिला लाला वाला अनि आफ्ना बय बृद्ध माता पिता लाई बेसहारा छोडेर आफ्नो देशको माया मुटु भरी बोकेर खाडीको मरुभूमि रंगाउन जानु नपरोस्, यही आफ्नै देशको माटोमा पसिना बगाउँदै घरपरिवारसगै रमाउँदै जीवन बिताउने अभिलाषा पूर्ण रूपमा विकसित हुँदै जाओस् भनी कामना र दृढ विश्वासका साथ हामी आफ्नो आफ्नो ठाउँबाट अगाडि बढ्न सक्ने शक्ति मिलोस।

स्वावलम्बी नेपाली सगै एउटा स्वावलम्बी नेपाल को पनि परिचय दिन सकियोस् भनी कामना गरु अनि सबै मिलेर एक ढीको भै अगाडि बढौ अवश्य नै ८०को दसक नेपाल कै लागि नेपाल कै हितमा हुने छ संकल्प गरुँ। देशको राजनीति स्थिर हुँदै दिगो विकासतिर उन्मुख होस, गाउँ गाउँमा विकासका लहर चालुन दक्ष जनशक्ति देश भित्रै निर्माण गर्न सकूँ, पूर्व कालदेखि नै स्वतन्त्र मुलुक अबका दिनमा पनि स्वतन्त्र रूपमा अगाडि बढोस्।

शु -शासन र शु – विचारको राजनीतिक व्यवस्था चाँडै नै नेपालीका नागरिकका घर आगनमा देख्न सकियोस्। “ठूलालाई चैइन सानालाई ऐन” को पूर्ण रूपमा समाप्ति भएर समानान्तर दृष्टिकोणको विकास होस्।

“बसु धैव कुटुम्बकम्” को विचार फैलियोस् सबैमा देश तथा विदेशमा रहनु हुने दाजुभाइ दिदीबैनी आमा बुबा सबैमा नयाँ वर्ष २०८० को शुभकामना!!

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *