What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनको भाउ सस्तियाे, ताेलाकाे कति ?
काठमाडाैं । बुधबार उच्च विन्दुमा पुगेको सुनको भाउ बिहीबार भने सस्तिएको छ । चैत २३ गते, सुन तोलामा ८०० रुपैयाँले गिरावट भएको हो । चाँदीको मूल्य पनि यस दिन प्रतितोला पाँच रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ६५० रुपैयाँमा झरेको छ ।
बुधबार भने सुनको भाउमा नयाँ रेकर्ड कायम भएको थियो । हिजो सुन तोलामा नै २हजार रुपैयाँले बढ्दा प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको थियो ।
बिहीबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबार दिन भने चाँदीको भाउ तोलामा ४० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ४४० रुपैयाँमा खरिदबिक्री भएको थियो।






