नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुनको मूल्य अहिलेसम्मकै उच्च !
काठमाडाैं । सुनको भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको छ। यसअघि सबैभन्दा बढी चैत ५ मा छापावाला सुन प्रतितोला एक लाख १० हजार रूपैयाँमा किनबेच भएको थियो।
अघिल्लो दिनको तुलनामा सुनको भाउ दुई हजारले बढेको हो। चैत २१ मा छापावाला सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो। केही समययता सुनको भाउ बढ्दै गएको छ।
त्यस्तै, आज तेजाबी सुन एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि केही बढेको छ। आज प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार चाँदी हिजाे ताेलाकाे एक हजार चार सय रूपैयाँकाे भाउमा कारोबार भएको थियो।