बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनको समापनपश्चात् सम्मेलनस्थल होटल सोल्टीमा उहाँहरुबीच भेटवार्ता भएको हो । उहाँहरुबीच रक्सौल काठमाडौँ रेलवेको पूर्व सम्भाव्यता अध्ययनसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग सौहार्दपूर्ण वार्ता भएको र छोटो समयको तयारीमा बिम्स्टेकको शिखर सम्मेलन यति भव्यताका साथ सफल भएकामा उहाँको सहयोगको प्रशंसा गरी ट्विट गर्नुभएको छ ।