बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गुल्मीको इस्मामा एकल पुरुषलाई मासिक भत्ता
गुल्मी । इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक रु एक हजारका दरले भत्ता बितरण गरिएको हो ।
गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ५५ वर्ष माथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्ने क्रममा एकल पुरुषलाई भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुँवरले जानकारी दिनुभयो ।
इस्मा–१ देखि ६ सम्मका ६९ एकल पुरुषलाई भत्ता वितरण गरिएको हो । एकल महिलाले राज्यबाट भत्ता पाउँदा पुरुष विभेदमा परेकाले उनीहरुलाई भत्ता दिने निर्णय गरिएको उहाँको भनाइ छ । गाउँपालिकाले पहिचान भएका वा सम्पर्कमा आएका ५५ वर्ष माथिका सबै एकल पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने जनाएको छ ।