हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रतिवेदन लुकाएर मिटरब्याज पीडितसँग गरिएको सम्झौता धोका हो : ठाकुर गैरे
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।
प्रतिनिधिसभा बैठकको आइतबार शून्य समयमा बोल्दै उनले मिटरब्याजबाट पीडित नागरिकलाई अलमल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले आयोग बनाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे । सांसद गैरेले शनिवार सरकारबी वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच भएको पाँच बुँदे सहमतिलाई उनले धोकाधडीको संज्ञा दिए ।
उनले मिटरब्याज पीडितहरुलाई अलमल्याउने गरी उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकहरुलाई कारबाही गर्न पनि सरकारसँग माग गरे ।
‘यो मिटरब्याजीहरुबाट पीडित भएका नागरिकहरुमाथि फेरि अर्को धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्काएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ र तत्काल पीडकहरुले कारबाही पाउनुपर्छ।’ सांसद गैरेले भने ।