गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

बालेनलाई प्रधानमन्त्री प्रचण्डको जवाफ- तपाई ढुक्क हुनुस्, यो सरकार पाँच वर्ष टिक्छ
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकार पाँच वर्ष टिक्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा सरकार पाँच वर्ष टिक्नेमा ढुक्क हुन आग्रह गरेका हुन् ।
प्रचण्डभन्दा अघि कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकार नटिक्दा आफूहरुलाई काम गर्न अप्ठ्यारो भएको गुनासो गरेका थिए ।
बालेनलाई नै उत्तर दिँदै प्रचण्डले भने, ‘बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’