सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, कसलाई कति मन्त्रालय ?

काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएको छ ।

जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी)लाई दुई, जनता समाजवादी पार्टी (जसपा)लाई दुई मन्त्रालय दिने सहमति भएको छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी (लोसपा)लाई एक, नेपाल समाजवादी पार्टीले एक र जनमतलाई थप राज्यमन्त्री दिने सहमति भएको एक नेताले जानकारी दिए । नयाँ मन्त्रीहरूको शपथ भोलि नै गराउने तयारी गरिएको छ ।

सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएन भाग

सरकारमा जाने संकेत गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मन्त्रालय छुट्याइएको छैन । रास्वपाले सरकारमा जाने चाहना राखे पनि उसले भाग नपाएको बताइएको छ ।

भोलि मन्त्रीपरिषद् विस्तार गरेर नयाँ मन्त्रीहरूको शपथ भोलि नै गराउने तयारी गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *