What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

भुटानसँग बराबरीमा रोकियो नेपाल, लाओससँग फाइनल खेल्ने
काठमाडाैं । भुटानसँग बराबरीमा रोकिएको नेपाल प्रधानमन्त्री कपको फाइनलमा प्रवेश गरेको छ।
दुई खेलबाट चार अंक जोडेको नेपालको फाइनल भेट लाओससँग हुने भएको छ। लाओसले भुटानलाई पराजित गरेर तीन अंक जोडेको थियो।
काठमाडौंस्थित दशरथ रंगशालामा मंगलबार नेपाल र भुटानले १–१ गोलको बराबरी खेलेका हुन्। भुटानले १९औं मिनेटमा तेन्जिङ नोर्बुको गोलले अग्रता लिएको थियो।
पहिलो हाफमा १–०ले पछि परेको नेपालका लागि दीपकराज सिंह ठकुरीले ९०औं मिनेटमा बराबरी गोल गरे। अग्रता जोगाउन सकेको भए भुटान फाइनल प्रवेश गर्ने थियो। दुई खेलबाट एक अंक जोडेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो। नेपाल र लाओस बीच चैत १७ गते फाइनल हुनेछ।
उपाधी विजेताले पाँच हजार डलर र उपविजेताले तीन हजार डलर प्राप्त गर्ने अखिल नेपाल फुटबल संघले जनाएको छ।