What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनकाे भाउ तोलामा दुई हजार घट्यो, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार रुपैयाँले घटेको हो ।
आज सुन तोलाको एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन मंगलबार तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन तोलामा एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






