बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा २९ सयले बढ्यो
काठमाडौं । आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावfल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ ।
सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्ड कायम गरेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।
‘आज छापावfल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ तोकिएको छ,’ महासचिव बज्राचार्यले भने,’यो हालसम्मकै उच्च मूल्य हो ।’
शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो ।
आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको हो । यसअघि माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च मूल्य एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघकाअनुसार आज तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कामय भएको छ भने चाँदीको मूल्य पनि बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।