नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

उपराष्ट्रपति निर्वाचन : संघतर्फ २५० र प्रदेशतर्फ ४७३ मत खस्यो, मतदान जारी
काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मतदान जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान जारी छ । बिहान १० बजेदेखि सुरू भएको मतदान प्रकृया ३ बजेसम्म चल्नेछ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार हालसम्म संघतर्फ २५० र प्रदेश तर्फ ४७३ मत खसेको छ ।
उपराष्ट्रपति बन्न नेकपा (एमाले) उमेदवार अष्टलक्ष्मी शाक्य, गठबन्धनको सहयोगमा जसपा उमेदवार रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झा चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।