What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनको मूल्य एक सातामै तोलामा ३६ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको आइतबार छापावाल सुन तोलाको एक लाख तीन हजार ५०० रुपैयाँमा करोबार भएको थियो । शुक्रबार यो सुन तोलाको एक लाख सात हजार १०० रुपैयाँ पुगेको छ ।
यस दिन तेजाबी सुन तोलाको एक लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य यो साता ६५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गएको आइतबार चाँदी तोलाको एक हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।






