नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

आशिफको शतकमा नेपालको अहिलेसम्मकै उच्च स्कोर
काठमाडाैं । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेपछि नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको हो। यो नेपालको अहिलेसम्मकै उच्च स्कोर हो।
यसअघि नेपालको पहिलो इनिङमा सबैभन्दा बढी २८७ रन बनाएको थियो। गत फेब्रुअरीमा त्रिवि मैदानमै भएको खेलमा नेपालले नामिबिया विरुद्धको खेलमा २८७ रन बनाएको थियो।
नेपालका लागि शेखले पहिलो शतक प्रहार गरे। उनले ११० बलमा ११० रन बनाए। जसमा १२ चौका दुई छक्का समावेश छन्। यसअघि उनको उच्च स्कोर ९० रन थियो।
यससँगै उनले एकदिवसीय खेलमा एक हजार रन पूरा गरेका छन्। उनले ३२ खेलमा एक हजार २० रन बनाएका छन्।
त्यस्तै, नेपालका लागि कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, रोहित पौडेलले ३०, आरिफ शेखले १५ र ज्ञानेन्द्र मल्लले ११ रन बनाए।
पपुवा न्युगिनीका लागि सेमो कमियाले पाँच, रिले हेकुरले तीन र अलेइ नावले एक विकेट लिए।