What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपाली बलरको उत्कृष्ट प्रदर्शन, पपुवा न्यूगिनी १७९ रनमै अलआउट
काठमाडाैं । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि पपुवा न्यूगिनी १७९ रनमै समेटिएको छ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत शुक्रबारको खेलमा टस जितेर ब्याटिङ रोजेको पपुवा न्यूगिनीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो। पपुवा न्यूगिनीका लागि टोनी उराले ३९, हिरी हिरीले ३१, किप्लिन डोरिगाले २६, गौडी टोकाले १५, नर्मन बनुवाले १४, सेसे बउ र असद भलाले ११-११ रन बनाए।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई-दुई, सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले एक-एक विकेट लिए। नेपाल १८० रनको लक्ष्य पछ्याउन केही बेरमा ब्याटिङ गर्नेछ।
यूएईमा जारी त्रिदेशीय शृङ्खलामा नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई हराएको थियो। दोस्रो खेलमा फागुन १८ गते यूएईसँग पराजित भएको थियो।
लिग-२ को अङ्कतालिकामा नेपालले २८ अङ्क सहित छैटौं स्थानमा छ। शीर्षस्थानका स्कटल्यान्ड र ओमनले विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान पक्का गरिसकेका छन्।
तेस्रो स्थानमा रहेर विश्वकप छनोट प्रतियोगिता खेल्न नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन्। नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन सबै खेल जित्नुपर्नेछ। नेपालले यो बाहेक अझै पाँच खेल खेल्न बाँकी छ।