पहिरोले घर पुर्दा एकै परिवारका चारजनाको मृत्यु

ओखलढुंगा ।  मोलुंग गाउँपालिका-८ रागादीपमा पहिरोले घर पुर्दा एकै परिवारका चारजनाको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोले घर पुर्दा रागादीपको खिम्लीका ५० वर्षीय पूर्णबहादुर राई, ४० वर्षीय श्रीमती धनकुमारी राई, ५५ वर्षीया दिदी मित्रमाया ५५ राई र पूर्णबहादुरका तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको हो।

बुधबार राति गएको पहिरोले घर पुरेपछि चारैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राई परिवारका एक छोरा र एक छोरी घरमा नभएका कारण पहिरोबाट जोगिएका छन्।
उनीहरु पठनपाठनका लागि रुम्जाटारमा रहेकाले पहिरोमा पुरिनबाट जोगिएको स्थानीयले बताए। पूर्णबहादुरले अपांगता भएकी दिदीको आफ्नै घरमा पालन पोषण गर्दै आएका थिए।

एकै परिवारका चार सदस्य पहिरोमा पुरिएपछि खिम्ली गाउँ शोकमा डुबेको छ। रातिको घटना भएकाले ढिलागरी सूचना आएको मोलुंग गाउँपालिकाका सूचना प्रविधि अधिकृत गोपाल नेपालले बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *