हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
काठमाडौंमा यो वर्षको पहिलो हिउँदे वर्षा, अझै केही दिन पानी पर्ने
काठमाडौं। असारदेखि यता काठमाडौं उपत्यकालगायत देशका केही भागमा आज पहिलोपटक पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण मेघ गर्जनसहित वर्षा भएको हो ।
पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हुँदै गएकाले गर्मी महसुस गरिएको थियो । तर, आज एक्कासी भएको वर्षाको कारणले पछिल्ला दिनहरूमा भन्दा अलि चिसो बढ्न सक्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताइन् ।
उनका अनुसार गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ को पहाडी भूभागहरूमा वर्षा भएको छ । कही स्थानहरूमा मध्यम किसिमको वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपात पनि भएको छ ।
कँडेलका अनुसार हिउँदे वर्षा गराउने मौसमी प्रणाली विकसित भए पनि त्यसको सक्रिय प्रभाव नभएकाले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी वर्षा भएको र बाँकी क्षेत्रमा अपेक्षित वर्षा भएका छैन ।
‘हिउँदमा वर्षा गराउन ठूलो स्केलको सिस्टम चाहिन्छ । नेपालको मात्र सिस्टमले हुँदैन । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा त्यही किसिमले हुनुपर्छ । यस वर्ष पश्चिमी न्यून चापीय प्रणालीको वर्षा गराउने खालको प्रभाव हुन सकेन, त्यसैले हिउँदे मौसमको अन्तिममा वर्षा भएको हो,’ मौसमविद् कँडेलले भनिन् ।
सामान्यतया नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरू भएर फागुन दोस्रो सातासम्म रहन्छ । तर यस वर्ष हिउँदे वर्षा पर्याप्त मात्रामा हुन सकेन । प्रि–मनसुन सिजन आउँदै गरेकाले मेग गर्जन, हावाहुरी र चट्याङ्गसहितको वर्षा हुने रसबै सचेत रहनुपर्ने उनको भनाइ छ ।