‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेस गर्नुपर्छ- गगन थापा

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले ‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेस गर्न सरकारलाई दबाब दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले चालु संसद अधिवेशनबाट नै सो ऐनलाई पारित गर्ने आफूहरुको चाहना भएको पनि स्पष्ट पारे । शिक्षा पत्रकार समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कक्षा ११ र १२ को शिक्षामा अति राजनीतिकरण भएकाले त्यसलाई अनुगमन गर्नका लागि प्रदेशमा ‘शिक्षा लोकपाल’ को व्यवस्था हुनेगरी कानूनी व्यवस्था गर्न उपयुक्त हुने प्रश्ताव समेत राखे ।

नेपालको संविधानले कक्षा ११ र १२ को शिक्षा पनि स्थानीय तह मातहतमा रहने व्यवस्था गरेको छ । तर यो अति राजनीतिकरणको शिकार हुने पुगेकाले यसको अनुगमनका लागि प्रदेशमा नै सो लोकपालको व्यवस्था गर्न आवश्यक रहेको महामन्त्री थापाको भनाइ थियो । उनले संविधानले दिएको अधिकार तलमाथि नहुने गरी कक्षा १२ सम्मको शिक्षालाई अगाडि बढाउनका लागि पनि सो लोकपाल प्रदेशमा बनाउने गरी कानूनी व्यवस्था गर्नुपर्ने तर्क समेत गरे ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *