What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बिकासका लागि साउदी कोषद्वारा सञ्चालित विकास आयोजनाको अनुगमन
What To Know
- .
काठमाडौं । बिकासका लागि साउदी कोषको प्रतिनिधिमण्डलले कोषद्वारा सञ्चालित विकास आयोजनाको अनुगमन गरेको छ ।
प्रतिनिधिमण्डलले विकासका लागि साउदी कोषको ३ करोड अमेरिकी डलरको सहयोगमा संचालित भूकम्पपछिका क्षतिग्रस्त घर, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूको पुनर्निर्माण कार्यक्रम परियोजनाहरूको स्थलगत भ्रमण गरेको हो । यस परियोजनामा विद्यालय, आवास र स्वास्थ्य सुविधाको पुनर्निर्माण समावेश छ ।
परियोजना अन्तर्गत बिभिन्न क्षेत्रहरूमा २५ वटा पुनर्निर्माण भएका विद्यालयहरू र चौध क्षेत्रहरूमा पुनर्निर्माण भएका घरको संख्या करिब ६ हजार ६ सय ६७ रहेको छ । चारवटा क्षेत्रहरूमा हालसम्म पुनर्निर्माण भएका स्वास्थ्य संस्थाहरूको संख्या तेह्र पुगेको छ ।
साउदी अरबको सहयोगी भूमिकाले विकासका लागि साउदी कोषका माध्यमबाट संचालित विकास परियोजनाहरूले नेपालमा आधारभूत पूर्वाधारहरूको विकासमा योगदान पुर्याएको छ । कोषले परियोजनामार्फत नेपालको सामाजिक र आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
भ्रमणका क्रममा विकासका लागि साउदी कोषको प्रतिनिधिमण्डलले सरकारका विभिन्न अधिकारीहरुसँग परियोजनाको अवस्था, कार्यान्वयनको स्थिति र चुनौतिका बारेमा छलफल समेत गरेको थियो ।
साउदी अरेबियाले विकासका लागि साउदी कोषमार्फत नेपाललाई पूर्वाधार, ऊर्जा, कृषि, खानेपानीजस्ता क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले करिब १५ करोड अमेरिकी डलरभन्दा बढीको पाँचवटा विकास आयोजना तथा कार्यक्रममा लगानी गर्न सातवटा सहुलियत विकास ऋण उपलब्ध गराएको छ ।।