What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

चैत १७ बाट एसईई, यस्तो छ परीक्षा तालिका
What To Know
- .
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १७ गतेदेखि हुने भएको छ। आज राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकाशित गर्दै चैत १७ देखि २९ गतेसम्म एसईई हुने जानकारी दिएको हो।
परीक्षा समय बिहान ८ बजेदेखि बिहान ११ बजेसम्मको रहेको छ। जसअनुसार पहिलो दिन १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको परीक्षा हुनेछ।
दोस्रो दिनको परीक्षा चैत १९ गते हुनेछ। त्यस दिन अनिवार्य गणितको परीक्षा हुनेछ। चैत २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ भने गैर नेपाली विद्यार्थीका लागि ‘इलेक्टिभ इङ्गलिस’ विषयको परीक्षा हुनेछ।
अनिवार्य विज्ञानको परीक्षा चैत २२ गते हुनेछ। वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुनेछ।
एसईई परीक्षाको पूर्ण तालिका यस्तो छ :