भिजिट भिसामा कुवेत लगेर महिला बेच्ने पक्राउ, १० महिला दलालकै नियन्त्रणमा

What To Know

  • काठमाडौं । पहिले–पहिले नेपाली चेली भारतका फलाना ठाउँमा बेचिए भन्ने खबर सुनिन्थे । हिजो आज त्यस्ता खबर कम सुनिन्छन् । अहिले बेचबिखनको ढर्रा फेरिएको छ । अहिले भिजिट भिसा र सरकारले सहुलियत दिएको फ्रिभिसा फ्रिटिकटको आवरणमा मानव बेचविखन भइरहेको छ ।.
  • त्यसमा पनि दिन दाहडै हाम्रै आँखा सामुन्ने नेपाली महिलाहरु खाडी मुलुकमा बेचिन्छन् । २६ वर्षीया एक युवतीलाई दुबै हुँदै कुवेतमा लगेर बेच्ने काठमाडौंका प्रकाश शाही ठकुरी भनिने प्रकाश धिमाल पक्राउ परेसँगै भिजिट भिसामा कुवेत लगेर नेपाली महिला बेच्नेहरुको आपराधिक जालो थप उदाङ्गिएको छ ।.

काठमाडौं । पहिले–पहिले नेपाली चेली भारतका फलाना ठाउँमा बेचिए भन्ने खबर सुनिन्थे । हिजो आज त्यस्ता खबर कम सुनिन्छन् । अहिले बेचबिखनको ढर्रा फेरिएको छ । अहिले भिजिट भिसा र सरकारले सहुलियत दिएको फ्रिभिसा फ्रिटिकटको आवरणमा मानव बेचविखन भइरहेको छ ।

त्यसमा पनि दिन दाहडै हाम्रै आँखा सामुन्ने नेपाली महिलाहरु खाडी मुलुकमा बेचिन्छन् । २६ वर्षीया एक युवतीलाई दुबै हुँदै कुवेतमा लगेर बेच्ने काठमाडौंका प्रकाश शाही ठकुरी भनिने प्रकाश धिमाल पक्राउ परेसँगै भिजिट भिसामा कुवेत लगेर नेपाली महिला बेच्नेहरुको आपराधिक जालो थप उदाङ्गिएको छ ।

धिमालले ति युवतीलाई महिनाको २५ हजार तलब हुने काममा पठाइदिने भन्दै किर्ते कागजात बनाई २०७९ वैशाख १२ गते दुई तीन जना नेपाली महिलाका साथमा भिजिट भिसामा दुबै हुँदै कुवेतमा रहेका एजेन्टसम्म लगे ।

एजेन्टले उनलाई जम्मा ९ सय कुवेती दिनार जम्मा ४५–४६ हजार नेरुमा बेचे । ति युवतीलाई दैनिक २० घण्टा काम लगाइयो । कामको भार र दुव्र्यवहारको मारले विरामी परेपछि उनलाई अस्पताल भर्ना गरियो ।

मनव बेचविखन अनुसन्धान व्यूरो बबरमहलले दिएको जानकारी अनुसार ति युवतीका अभिभावकको आग्रहमा अस्पताल भर्ना भएकै बेला कुवेतस्थित नेपाली दूतावासले उद्दार गरेको थियो । पीडितका बुबाले नेपाल झिकाउन आग्रह गर्दा बेचबिखनमा संलग्न प्रकाशले उल्टै ५० हजार नेरु मागेकोसहित उल्लेख जारी व्यूरोमा परेको छ । त्यो जाहेरीकै आधारमा अभियुक्तलाई पक्राउ गरि म्याद समेत थपेर अनुसन्धान अघि बढेको व्यूरोका प्रवक्ता एसपी दानबहादुर मल्लले जानकारी दिए ।

पीडितले दिएको बयान अनुसार प्रकाश धिमालकै समूहले भिजिट भिसामा कुवेत लगेका १० देखि १२ जना नेपाली महिला उद्दारको पखाइमा छन् । उनीहरु कुवेतमा रहेका दलालहरुकै नियन्त्रणमा रहेको समेत व्यूरोलाई ति युवतीले बताएकी छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *