काठमाडौँ। केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो। छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता…
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प जाँदा एक को मृत्यु, एक घाइते
सुदूरपश्चिम । मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरा गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको जमिन हल्लेर ढुंगाले लाग्दा घटनास्थलमै मृत्यु भएको छ।
घाँस काट्दै गर्दा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको मृत्यु भएको हो। यस्तै, गौमुल गाउँपालिका-१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएका छन्।
आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो ।
सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ । (रासस)