गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना
पोखरा । काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोरखाको नयाँ विमानस्थलमा पार गरेर अगाडि गएपछि पोखरामा त्रास फैलिएको थियो ।
सो जहाज पुरानो विमानस्थलमा अवतरण हुने भयो भन्ने अड्कल गर्दा गर्दै जहाज सेतीको खोचमा खस्यो र आगोको मुस्लो दृखियो, प्रत्यक्षदर्शी पोरखराका पत्रकार गोविन्द सुवेदीले गोरखापत्र अनलाइनलाई भन्नुभयो ।
आगो लागेको थाहा पाउने वित्तिकै अहिले उद्धारका लागि सबै निकायको पहल भइरहेको छ । केही शवलाई बाहिर ल्याएको छ, उद्धारकर्ताहरू क्रियाशील रहेका छन् ।
जहाजमा १० विदेश नागरिक, ४ चालक दलका सदस्य र ५८ नेपाली यात्रु रहेको जानकारी विमानस्थलले दिएको छ । थप विवरण आउने क्रम जारी छ ।