गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

हतियारसहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज । हतियारसहित प्रहरीले आज एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेको छ । भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनलाई १२ बोरको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसहित पर्सा बिन्ध्यवासिनी गाउँपालिका–३ अमरपट्टिबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो ।
यसैगरी प्रहरीले आजै मोतिहारी हरिसिद्धि गाउँ बस्ने सञ्जय सहनीलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेको दुवै भारतीय नागरिकलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।