सिप सिकेर कुवेत जाने अवसर, मासिक १ लाख तलब

काठमाडौं । वैदेशिक रोजगारीमा जानु भन्दा पहिले एक पल्ट होइन हजार पल्ट सोच्नुस् । हुटहुटी र हतारो नगर्नुस् । र, नेपाल सरकारले श्रम स्वीकृति दिनुलाई पनि ठूलै नसम्झिनुस् । सबैभन्दा पहिले सिप सिक्नुस् । दक्ष हुनुस् । अनि, आफ्नो सिप तथा क्षमता अनुसारको कामका लागि अघि बढ्नुस् ।

आफ्नो सिप, क्षमता नबढाई वैदेशिक रोजगारीमा हाम्फाल्नु अज्ञानता मात्रै होइन महामूर्खता हो । पछिल्लो समय भिजिट भिसामा दुवै लैजाने र दुबैलाई ट्रान्जिट बनाएर मानव बेचविखन गर्नेहरु सक्रिय भएका छन् । जसले प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको दिमाग खराब भएको छ । अर्कातिर नेपाल सरकारले श्रम स्वीकृति दिए पनि विदेशमा भनेको जस्तो काम नपाइने र अनेक तरहका दुःख कष्ट हुने समस्या नौला होइनन् । यि विभिन्न समस्यालाई मध्यनजर गरेर अहिले काठमाडौं बसुन्धारास्थित ओमेगा इन्टरनेशनलले श्रमिकलाई दक्ष बनाएर भविष्य सुरक्षित पार्ने अभियान थालेको छ ।

बसुन्धारा पुरानो इसान हस्पिटलसँगैको विल्डिङमा अहिले धमाधम सलोनको बेसिक र एडभान्स कक्षा सञ्चालन भइरहेका छन् । ओमेगा इन्टरनेशनलका सीईओ राजकुमार राईले नेपाली श्रमिकले विदेशमा भोगिरहेका समस्या र काम दिने कम्पनीहरुले नेपाली श्रमिकको सिप तथा क्षमतामा उठाएका प्रश्नहरुलाई लिएर आफुहरुले सिप विकास अभियान थालेको बताए ।

उनले भने, ‘कुवेतमा नर्सपछिको दोस्रो दर्जा व्यूटिसियनलाई दिएको छ । एडभान्स लेभलको काम गर्न जान्ने व्यूटिसियनले खाने पिउने गरेर नेपालको एक लाख प्लस स्यालरी पाउँछन् । यसरी स्किल मेन्टेन गर्न र कुवेतको अवश्याकता पुर्ति गर्न हामीले ट्रेनिङ चलाएका हौँ । अब यो नियमित चल्छ ।’

कुवेतकै कोर्श तथा प्रशिक्षकबाट तालिम दिइरहेकाले आफुहरुले ट्रेनर पनि उत्पादन गर्ने राईले बताए । उनका अनुसार विदेश गएर काममा कुनै पनि कम्पलेन नओस् भनेर तालिममा टुल्स पनि सकभर कुवेत अर्थात् अन्तर्राष्ट्रियस्तरकै प्रयोग गरिएको छ । तालिम लिनेले सर्टिफिकेट मात्र नभई शतप्रतिशत रोजगारीको ग्यारेन्टि गरिएको राईले बताए । नेपाली कामदारको पूर्ण भविष्यका लागि आफुहरु पूर्ण रुपमा प्रतिवद्ध रहेको समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *