नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
पाेखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।
सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो।
उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। ६० सदस्यीय प्रदेश सभा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ।