यस्ता छन् क्वाँटीका फाइदाहरू, त्यसैले अरूबेला पनि खानुस्

काठमाडौं । अाज रक्षाबन्धन अर्थात जनैपूर्णिमा काठमाडाैँ उपत्यकासहित देशभर मनार्इदैछ । याे दिन क्वाँटी खाने परम्परा रहेको छ । ९ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाइएको परिकारलाई क्वाँटी भनिन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ । हुन याे खास गरी नेवार समुदायमा रहेकाे प्रचलन हाे तर पछिल्लाे समय सबैले नै खाने गरेका छन् ।

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले गुँपुन्ही पर्व मनाउँदैछन् । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो ।

यही प्रचलन नेवार समुदायबाट बिस्तार भएर अन्य समुदायले पनि आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ । यो मिश्रणलाई चार दिन भिजाएर टुसा उम्रिएपछि बिशेष गरी जनैपूर्णिमाका दिन खाने गरिन्छ । मस्याङ, चना, मुगी, बोडी, ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ, सानो केराउ मिसाएर टुसा उम्रेपछि पकाइने यो मिश्रणले शरीरलाई धेरै फाइदा गर्छ । यो मिश्रणमा शरीरलाई आवश्यक पौष्टिक तत्त्व पाइन्छ ।

यस्ता छन् क्वाँटी खानुका फाइदाहरू

१. क्वाँटी खानाले कब्जियतको समस्या हराउँछ । क्वाँटीमा टुसा पलाएका गेडागुडी हुनाले तिनमा रेसाको मात्रा पनि बढी हुन्छ । कब्जियतको समस्या हुनेले रेसादार खाना खाएमा धेरै फाइदा पुग्छ । क्वाँटीले पनि कब्जियतको समस्या भएकालाई धेरै फाइदा हुन्छ ।

२. क्वाँटीले मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । मधुमेह भएका मानिसहरुले दैनिकजसो क्वाँटी खाने गर्नाले फाइदा हुन्छ ।

३. टुसाएका गेडागुडीमा भिटामिन प्रशस्त पाइन्छ । क्वाँटीमा पनि भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।

४. क्वाँटी खानाले रक्तसञ्चार तथा स्नायु प्रणालीलाई पनि धेरै फाइदा पुग्ने चिकित्सकहरू बताउँछन् । यसले मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउने अनुसन्धानहरूले देखाएका छन् ।

५.टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।

६. लामो समय भिजेकाले गेडागुडीलाई हाम्रो शरीरले सहजै पचाउन सक्छ । यसले हाम्रो पाचनशक्तिमा पनि सुधार ल्याउँछ ।

७. क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ l

८. मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ l

९. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ l

१०. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ l

११. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *