नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सङ्घीय संसद्को अधिवेशन पुस २५ गते आह्वान
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
उहाँले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।
यसैबीच, सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएकाले उक्त, मिति, समय र स्थानमा उपस्थितिका लागि सबै संसद् सदस्यलाई सूचना जारी गरेको छ ।